१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री खाँणद्वारा मुख्यमन्त्री र प्रजिअलाई टेलिफोन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ सङ्क्रमणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन्ट परीक्षण लगायतबारे जानकारी लिएका छन् ।

गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमानाका जोडिएका र नजिकका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग त्यहाँको अवस्थाबारे टेलिफोनमार्फत जानकारी लिएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए ।

उनले कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसँग शीतलहर तथा कोरोना सङ्क्रमणबाट नागरिकलाई जोगाउन भइरहेका प्रयासबारे पनि जानकारी लिएका हुन् ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले गृहमन्त्री खाँणले सीमा क्षेत्रमा एन्टिजेन परीक्षण, स्वास्थ्य सेवाकेन्द्रको अवस्था र शीतलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास तथा योजनाबारे मन्त्री खाँणले जानकारी लिएको बताए । गृहमन्त्रीले सीमानाकामा जाँच कडाइ गर्न, होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्न तथा शीतलहरमा नागरिकलाई बचाउन विपद्बाट आएको रकमले दाउरा र कम्बल वितरण गर्न दिर्नेशन दिए ।
गृहमन्त्री खाँणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ देखिन्छ, उनीहरूलाई आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्याउने व्यवस्थाबारे पनि चासो राखेको थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परीक्षणका क्रममा पोजेटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्याउन गरिएको व्यवस्थाबारे गृहमन्त्री खाँणले जानकारी लिएको बताए ।

‘घरमै आइसोलेसनमा बस्न चाहने सङ्क्रमितलाई घरसम्म पुर्याउन गरिएको व्यवस्था जानकारी लिँदै सङ्क्रमितलाई सहजरूपले घरसम्म पुर्याउने व्यवस्था गर्न, होल्डिङ सेन्टरलाई सञ्चालनमा ल्याउन एन्टिजेन परीक्षण बढाउन र पोजेटिभ देखिएका तर भ्याक्सिन नलगाएकालाई भ्याक्सिनको व्यवस्था गर्न निर्देशन दिनुभयो’, प्रजिअ दाहालले भने ।

गृहमन्त्री खाँणले झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग जिल्लामा कोभिड–१९ को स्थिति, होल्डिङ सेन्टरको अवस्था र एन्टिजेन परीक्षणबारे टेलिफोनमार्फत जानकारी लिएको प्रेस संयोजक भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस