काठमाडौँ । नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहृयो । पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।
यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको छ । विभागको तथ्यांकअनुसार गण्डकी प्रदेशमा जनसंख्या २४ लाख ७९ हजार ७ सय ४५ जना रहेको छ ।
यहाँ पछिल्लो १० वर्षको जनसंख्या वृद्धिदर केवल ०.३१ प्रतिशत मात्र हो । सबैभन्दा बढी भने लुम्बिनी प्रदेशको वृद्धिदर देखिन्छ । लुम्बिनीकाे वृद्धिदर १.३० प्रतिशत रहेकाे छ । त्यस्तै प्रदेश १ मा ०.९२, मधेश प्रदेशमा १.२५, बागमतीमा ०.९६, कर्णालीमा ०.७६ र सुदुरपश्चिम प्रदेशको जनसंख्या वृद्धिदर ०.६० प्रतिशत रहेको छ ।







