२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारबाट बाहिरिने तयारीमा रहेको माओवादी आन्तरिक छलफलमा

अ+ अ-

काठमाडौँ । सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरूको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको हो ।

बैठक सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिनेलगायतका विषयमा केन्द्रित रहेको एक नेताले बताए । ती नेताका अनुसार बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबिच भएको भेटका विषयमा बैठकमा गम्भीरताका साथ छलफल हुनेछ । छलफलमा एमसीसीको विषयमा माओवादीले सहयोग गर्न नसक्ने प्रचण्डले बताएका थिए भने अब आ–आफ्नै बाटो लाग्नेबारे निष्कर्ष निकालिएको थियो ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बिहीबार देउवा प्रचण्डको छलफलपछि गठबन्धनमा रहेका दलहरू आआफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको बताए । ‘ प्रधानमन्त्री र हाम्रो अध्यक्षबिच भएको छलफलपछि सौहार्दपूर्ण वातावरणमै आआफ्नो बाटो लाग्ने कुरा बुझेको छु’, नेता पोखरेलले भने, ‘एमसीसी पारित गराएरै छोड्ने देउवाको अडान र हामी संशोधनबिना सहमति जनाउन नसक्ने अवस्थामा पुगेपछि त्यो अवस्था आएको हो ।’

सोही निष्कर्षपछि प्रधानमन्त्री देउवाकै आग्रहमा बिहीबारका लागि तय भएको प्रतिनिधि सभा बैठक एक दिनका लागि स्थगित गरिएको थियो । लगत्तै देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेका थिए ।