२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड वा हंगेरीतर्फ लाग्न दूतावासको सुझाव

अ+ अ-

काठमाडौँ । युक्रेनमा रहेका नेपालीहरूलाई स्लोभाकिया, पोल्यान्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

ती मुलुकहरूले युक्रेनमा फसेका विदेशी नागरिकहरूका लागि मानवीयताको आधारमा नाका (बोर्डर) खुल्ला गरेको जानकारी दिँदै दूतावासले त्यतै जान अनुरोध गरेको हो ।

सुरक्षित तवरले नेपाल फर्कनका लागि सम्पर्कका आएका सबै नेपालीहरूलाई युक्रेन छाडेर ती मुलुकहरूतर्फ जान दूतावासले अनुरोध गरेको हो । शुक्रवार विज्ञप्ति प्रकाशित गर्दै दूतावासले हालसम्म युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा आएको उल्लेख गरेको छ ।

यस्तै युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू गणतन्त्र स्लोभाकिया, पोल्यान्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका (बोर्डर) खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा थप लेखिएको छ, ‘तसर्थ, ‘ सुरक्षित तबरले नेपाल फर्कनका लागि ती मुलुकहरूतर्फ जान सकिने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमति पत्र सम्बन्धमा समस्या परेमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।