१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहिलेको सरकार बालुवामा राखेको नक्कली मुला जस्तो हो : अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् । शनिवार नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जराबिनाको मुला भएको बताएका हुन् ।

सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको उनले बताए । उनले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनबाट पूर्ण रूपमा उखेलिने बताए ।

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाली काँग्रेसका नेताहरूले कर्मचारीहरूलाई सरकारलाई सहयोग नगर्न दबाब दिएको दाबी गर्दै उनीहरूको सोच अलोकतान्त्रिक सोच भएको जिकिर गरे । निजामती कर्मचारीहरूले पूर्ण रूपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठीक छुट्याएर नबस्न ओलीले आग्रह गरे । जुनसुकै दलको सरकार भए पनि कर्मचारीले सहयोग गर्नुपर्ने ओलीको भनाइ छ ।

ओलीले भने, ‘नेपाली काँग्रेसका नेताहरूले सुनुन्, आज म अपोजिसन लिडरको हैसियतले भन्दै छु, तपाईँहरूले सरकारलाई असहयोग गर्न मिल्दैन । तपाईँहरूको तर्फबाट सरकारलाई असहयोग गर्ने होइन, साथ दिने सहयोग गर्ने हो । यो गभर्मेन्टलाई ठिक छ कि छैन तपाईँहरूले धेरै छुट्याउने होइन, यसलाई ठिक हामी लगाइहाल्छौँ नि ।’

उनले भने, ‘यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भए पनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ । जरा न फराको सरकार । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ । बालुवामा लगेर राखेको नक्कली मुला यसो एक छिन बालुवामा राखे जस्तो हो यो । फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ । हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ। भाग्न खोजिरहेको छ । भागेर कहाँ जान्छ, कहाँ जान्छ, चुनाव त गर्नपर्छ ।’

प्रतिक्रिया दिनुहोस