७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनवटै निर्वाचनमा तालमेल गर्ने देउवाको आश्वासन

आशङ्का नगर्न दाहाल र नेपाललाई आग्रह

अ+ अ-

काठमाडौँ — सत्ता गठबन्धन दलका नेताबिच सार्वजनिक मञ्चमा सवाल जवाफ चलिरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहमा चुनावी तालमेल गरेर अघि बढ्ने आश्वासन दिएका छन् । देउवाले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएर सत्ता गठबन्धन दलबिच चुनावी तालमेल हुनेमा आशङ्का नगर्न आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ ।

देउवाले काँग्रेसले फागुन २९ बाट सुरु गरेको अभियान सकिनासाथ तालमेलको निर्णय लिने बताएका हुन् । स्थानीय तहमा सबै ठाउँमा तालमेल सम्भव नभए पनि महानगरपालिका र उपमहानगरपालिकासम्म केन्द्रीय तहबाटै तालमेल गर्नेबारे नेताहरूबिच छलफल चलेको छ । अन्य पालिकामा स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर जानुपर्ने नेताहरूले बताएका छन् ।

काँग्रेसमा संस्थापनसँग असहमत पक्षले चुनावी तालमेल नहुने भन्दै दिइरहेको अभिव्यक्तिलाई लिएर दाहाल र नेपालले आशङ्का प्रकट गरेका थिए । काँग्रेस नेता शेखर कोइराला र उनको पक्षमा रहेका नेताले सत्ता गठबन्धन र चुनावी तालमेल अलग–अलग विषय भएको भन्दै काँग्रेस एक्लै चुनाव लड्नुपर्ने बताइरहेका छन् ।

कोइराला समूहका नेताहरूको अभिव्यक्तिलाई लक्षित गर्दै बिहीबार माओवादी अध्यक्ष दाहालले काँग्रेसले लखेट्न खोजे एमालेसँग पनि तालमेल हुन सक्ने बताएका थिए । ‘एमालेसँग तत्काल कुनै छलफल भएको छैन तर काँग्रेसमा पनि केही अतिवादी नेता छन्, उनीहरूकै कारण काँग्रेसले लखेट्न खोज्यो भने के हुन्छ भन्न सकिँदैन,’ लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा दाहालले भनेका थिए, ‘राजनीतिमा असम्भव केही हुँदैन ।’

दाहालका स्वकीय सचिव एवं केन्द्रीय सदस्य रमेश मल्लले स्थानीय तहसम्म गठबन्धनको संयत्र बनाउने विषयमा बालुवाटारमा छलफल भएको बताए । ‘स्थानीय तहसम्म संयन्त्र बनाएर अघि बढाउने कुरा भयो,’ उनले भने । देउवालाई आफूले तालमेल गर्न नसके ०७४ को निर्वाचनमा जस्तै एमालेसँग चुनावी समीकरण बन्न सक्ने भय छ । त्यस कारण उनले तीनै तहको चुनावमा एकैसाथ तालमेलको सहमति गर्न खोजेका छन् । तर, पार्टीभित्रकै फरक विचार समूहका कारण उनले चाहेजस्तो निर्णय गराउन सकेका छैनन् ।

काँग्रेसका एक मन्त्रीले चैत अन्तिम सातासम्ममा तालमेलका विषयमा पार्टीले निर्णय गर्ने र गठबन्धन दलबिच पनि समझदारी बन्ने दाबी गरे । ‘स्थानीय तहमा भागबण्डा नै गर्ने गरी तालमेल सम्भव छैन । केही स्थानमा केन्द्रले निर्णय गरे पनि अधिकांशमा स्थानीय आवश्यकताअनुसार तालमेलको निर्णय गर्ने नीति तय गर्छ,’ ती मन्त्रीले भने, ‘प्रदेश र सङ्घमा भने प्रतिशतकै आधारमा तालमेल हुन सक्छ ।’

प्रधानमन्त्रीका विश्वास पात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले चुनावी तालमेल गरेर गठबन्धन अघि बढ्ने बताएका छन् । पार्टीले सञ्चालन गरेको चुनावी अभियानको सिलसिलामा बिहीबार रुपन्देहीमा खाँणले अप्ठ्यारो अवस्थामा बनेको गठबन्धनलाई कायमै राखेर अघि बढ्न काँग्रेस तल्लीन रहेको बताएका हुन ।

बालुवाटार बैठकमा नेताहरूबिच वैशाख ३० मा स्थानीय निर्वाचन नहुने हो कि भन्ने आशङ्का उठेको थियो । एमाले अध्यक्ष केपी ओली तयार भए प्रदेश र सङ्घको निर्वाचन अघि र स्थानीय तहको पछि निर्वाचन गर्ने चर्चा चलिरहेका बेला माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए । ‘हामी तयारी अघि बढाइरहेका छौँ तर बाहिर चुनाव नहुने हल्ला पनि चलिरहेको छ नि’ भनेर आफूले प्रश्न गर्दा प्रधानमन्त्रीले भोट हाल्ने दिनसम्म पनि यस्तो हल्ला भइरहने भन्दै ढुक्क हुन आग्रह गरेको दाहालले बताए । ‘चुनाव नहुने परिस्थिति कहीँ, कतैबाट देखिएको छैन,’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस