२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षौँपछि भूमिहीनले पाए पुर्जा

अ+ अ-

तनहुँ । बन्दीपुर गाउँपालिका–६ धरमपानीका ४६ स्थानीयवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

सदियौँदेखि बसोबास र करेसाबारी बनाएर बस्दै आएका सो क्षेत्रका उनीहरुलाई ब्लक जग्गाको धनीपुर्जा वितरण गरिएको थियो ।

उनीहरुले घर तथा खेती गर्दै आएता पनि दुःख पर्दा बिक्री तथा बैङ्कमा धितो राख्नलगायतका कार्यबाट वञ्चित हुँदै आएका थिए ।

उनीहरुलाई करिब छ ब्लकमा गरेर पुर्जा वितरण गरिएको बन्दीपुर गाउँपालिकाले जनाएको छ ।

पुर्जा नहुँदा बेचबिखन र व्यक्तिगत कार्यमा कठिनाइ भोग्नुपरेको हुँदा आउँदा दिनमा सहज बनाउन बाटो खुलेको पुर्जा पाएका भीमबहादुर गुरुङले जानकारी दिए । ‘पुर्जा नपाईकनै मरिन्छ होला भन्ने सोचेको थिएँ’, उनले भने, ‘ढिलै भए पनि पुर्जा पाइयो, खुसीको सीमा छैन ।’

यसैगरी पुर्जा पाएका अर्का व्यक्ति नरबहादुर थापाले पुर्जा हातमा परेपछि बैङ्कबाट धितो राखेर ऋण लिएर व्यवसाय गर्न सजिलो भएको बताए ।

विगत लामो समयदेखि भूमिहीन बन्दै आएका त्यस क्षेत्रका बासिन्दाले पुर्जा पाएपछि खुसीले गदगद भएको वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।

पुर्जा वितरण कार्य लामो समयदेखि रोकिराखेको हुँदा त्यस क्षेत्रका बासिन्दालाई पुर्जा प्रदान गर्न नसकिएकाले गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । ‘ढिलै भए पनि पुर्जा हस्तान्तरण गर्न पाउँदा उनीहरुले राहतको महसुस गरेका छन्’, उनले भने । सेतो पुर्जा वितरणका लागि पनि फाराम भर्ने काम भइरहेको उनले बताए ।

भूमि व्यवस्था सहकारी तथा निवारणमन्त्री शशि श्रेष्ठ र नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले बुधबार संयुक्तरूपमा पुर्जा हस्तान्तरण गरेका थिए ।