२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखद्वारा प्रदेशसभामा ‘बिजनेस’ दिन रुलिङ

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सदनमा छलफलका लागि ‘बिजनेस’ दिन सरकारलाई रुलिङ गरेका छन् ।

बिजनेस नहुँदा आफूले सदनको कारबाही पर सार्नु परेको भन्दै सभामुखले भने, “हामीसँग बिजनेस छैन, सरकार र प्रदेश समितिका सभापतिलाई पटक पटक आग्रह गरेको छु ।” संसद्लाई सञ्चालन गर्ने कार्य सरकार र प्रदेशसभामा रहेका समिति दुवैको समन्वयमा अगाडि बढोस् भनी आफूले पहिलो पटक ध्यानाकर्षण गराउनु परेको उनले बताए ।

एक अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । ६ महिना पुग्न केही दिन मात्र बाँकी रहँदा यो अधिवेशन आइतबार मात्र सुरु भएको थियो । प्रदेशसभा सचिवालयमा हाल कुनै पनि नयाँ विधेयक दर्ता नभएको बताइएको छ ।

सोमबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले सभामुखसँग समय लिएर सरकारले गरेका गतिविधिको प्रगतिबारे सदनलाई जानकारी गराएका थिए । उनले कर्मचारीको अभावलगायतका जटिलताका बाबजुद चालू आवमा प्रदेश सरकारको वित्तीय प्रगति ८० प्रतिशत हासिल हुने प्रक्षेपण गरिएको बताए।

विगतको एकात्मक राज्यव्यवस्थाका सरकारले गरेको कामको तुलनामा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको प्रदेश सरकारद्वारा भइरहेका विकाससम्बन्धी काम उत्साहजनकरुपमा अघि बढेको भन्दै उनले अहिलेसम्म भौतिक ७० देखि ७५ प्रतिशत प्रगति हासिल भएको बताए । उनले शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, विद्युत् परियोजनाका काम सन्तोषजनकरुपमा अघि बढेको बताए । मन्त्री धामीले गत वर्षा याममा भएको प्राकृतिक विपद्का घटनाबाट जोखिममा परेकाको उद्धार, पीडितलाई राहत वितरण गर्न सङ्घीय र स्थानीय तहका सरकारसँग समन्वय गरेर अघि बढेको बताउँदै सङ्घीय सरकारबाट सुदूरपश्चिममा राजधानी निर्माण गरिने क्षेत्रको जग्गाको स्वामित्व हस्तान्तरण गर्न भइरहेको ढिलाइले राजधानी स्थापना गर्ने काम अघि बढ्न नसकेको समेत सदनलाई जानकारी गराए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीतादेवी चौधरीद्वारा सामान्य छलफलका लागि प्रस्तुत सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक, २०७७ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको थियो । बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले केही महिनाअघिको अविरल वर्षासँगै डडेलधुरामा पुगेको धनजनको क्षतिबाट पीडित भएकालाई राहत वितरण गर्न र दैनिक उपभोग्य वस्तुमा बढ्दै गएको मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ पहल गर्न ध्यानाकर्षण गराए ।