काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनाव चिह्न सूर्यलाई हरियो बनाएको भन्दै आपत्ति जनाएका छन् ।
कैलालीको बौनियामा आज (बिहीबार) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सूर्य चिह्नलाई हरियो बनाएर निर्वाचन आयोगले बेठीक काम गरेको बताए ।
‘यस पटक निर्वाचन आयोगले बेठीक काम गरेको छ । चुनाव चिह्न सूर्यलाई हरियो बनाएको छ । हामीले भन्दाभन्दै पनि रुखलाई हरियो बनाउनका लागि निर्वाचन आयोगले सूर्यलाई हरियो बनायो,’ ओलीले भने, ‘पहिलो लहरमा सूर्य हुन्छ नझुक्किनु होला ।’







