काठमाडौँ । निर्वाचन आयोगले आज (बिहीबार)सम्म निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरी र आरोपका आधारमा ३७ व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधेको जनाएको छ ।
आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
‘हालसम्म स्पष्टीकरण मात्र मागिएको छ,’ उनले भने,‘जवाफबारे अध्ययन गर्दैछौँ । चित्तबुझ्दो नआए र निर्वाचन आचार संहिता २०७८ को प्रतिकूल आएर कारबाही हुन्छ ।’







