२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैले रेनुलाई टिकट दिनुस् भनेको हुँ : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई उम्मेदवार बनाउन आफूले भनेको बताएका छन् ।

सत्तारुढ गठबन्धनले आज (शुक्रबार) काठमाडौँमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले भरतपुरको मेयरमा रेनुलाई उम्मेदवार बनाउन आफूले भनेको बताएका हुन् ।

काठमाडौँ महानगरपालिकामा प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहलाई र भरतपुर महानगरपालिकामा दाहाललाई उम्मेदवार बनाउन आफूले भनेको देउवाको भनाइ थियो ।

सत्तारुढ गठबन्धन लामो समयसम्म लानका लागि आफू तयार भएको र संविधानको वर्तमान निर्वाचन प्रणालीअनुसार कसैले बहुमत नल्याउने भएकाले सँगै अगाडि बढ्नुपर्ने उनले बताए ।

‘भोलि पनि गठबन्धन हुन्छ । अहिलेको गठबन्धन सजिलो छ । प्रचण्डजी त धेरै लचिलो हुनुहुन्छ । झगडा भयो भने भइहाल्यो भन्नुहुन्छ । हामी सबैले तपाईँको छोरी नउठाउनुस् भनेको भए मान्नुहुन्थ्यो, देउवाले भने, मैले राम्रो काम गरेको छ टिकट दिनुस् भनेको हो, मैले भनेको हो । मैले भने, हेर्नुस् राम्रो काम गरेको महिलालाई उम्मेदवारी दिनुस् भनेको हो ।’

काठमाडौँमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन प्रकाशमान डराएको पनि देउवाको भनाइ थियो । ‘यहाँ पनि प्रकाशमान डराएका थिए । क्याहो, क्याहो स्वास्नी उठायो भन्लान्, हराइदिने हुन् कि भन्दै हुनुहुन्थ्यो,’ देउवाले भने । पुष्पकमल दाहालको छोरी भएर जन्मिनु रेनु दाहालको र प्रकाशमान सिंहकी श्रीमती हुनु सिर्जना सिंहको गल्ती नभएको देउवाको भनाइ थियो ।

चितवनमा विकासका राम्रा काम भएकाले फेरि रेनुलाई जिताउनुपर्ने देउवाको भनाइ थियो । त्यस्तै, काठमाडौँमा यातायात, फोहोरको समस्या समाधन गर्न सिर्जना सिंहले प्रतिबद्धता गरेकाले गठबन्धनले जिताउनुपर्ने उनले बताए ।

‘नेपालमा मेयर महिला नै हुनुपर्छ भन्ने दिन आउन बेर छैन,’ देउवाले भने । स्थानीय तहको विकास गर्ने महिलालाई पुरस्कार दिनुपर्ने र फेरि जिताउनुपर्नेमा हराउने काम हुन्छ ? भनेर उनले प्रश्न गरेका थिए ।

त्यस्तै राजधानी रहेको काठमाडौँ महानगरपालिकामा महिला उम्मेदवारलाई हरायो भने दुनियाँले के भन्ला ? भन्ने प्रश्न पनि उनले गरेका थिए ।