१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैँडाकोट नगरपालिका प्रमुख–उपप्रमुखमा काँग्रेस

अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैँडाकोटमा नगरप्रमुख गुमाएको काँग्रेसले यसपटक बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुख जितेको हो ।

गैँडाकोटको नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार मदनभक्त अधिकारी निर्वाचित भएका छन् ।

नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पछि पार्दै गैँडाकोटको नगरप्रमुखमा अधिकारी विजयी भएका हुन् ।

नगरप्रमुखमा निर्वाचित अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तमान नगरप्रमुख समेत रहेका एमाले उम्मेदवार पौडेलले १३ हजार ६०६ मत प्राप्त गरे ।

त्यसै गरी गैँडाकोट नगर उपप्रमुखमा समेत काँग्रेसकी उम्मेदवार शान्ति कोइराला निर्वाचित भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर उपप्रमुखका उम्मेदवार तुलाराम पौडेललाई करिब दोब्बर मतान्तरले पराजित गर्दै कोइराला नगर उपप्रमुखमा निर्वाचित भएकी हुन् ।

नगर उपप्रमुखमा निर्वाचित कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेलले आठ हजार ६४० मत मात्रै प्राप्त गरे ।

जम्मा १८ वटा वडा रहेको गैँडाकोटमा नगरप्रमुख र उपप्रमुख जितेको काँग्रेसले ११ वटा वडाध्यक्ष समेत जितेको छ ।

गैँडाकोटको नगरप्रमुख गुमाएको एमालेले ६ वटा वडाध्यक्ष जितेको छ भने नेकपा (माओवादी केन्द्र)ले एउटा वडाध्यक्ष जितेको छ ।

प्रतिक्रिया दिनुहोस