२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैङ्कहरूले असारमा निक्षेपको ब्याज नबढाउने

अ+ अ-

काठमाडौँ । असारमा पनि बैङ्कहरूले निक्षेपमा हाल दिँदै आएको ब्याजदरलाई नै यथावत् राख्ने भएका छन् ।

नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले असार महिनाका लागि पुरानै ब्याजदरलाई यथावत् दिइने जानकारी दिए ।

आर्थिक वर्षको अन्तिम महिना भएको र मौद्रिक नीति पनि प्रतीक्षामा रहेकाले असार महिनामा पुरानै ब्याजदरलाई यथावत् राख्ने निर्णय नेपाल बैङ्कर्स एसोसिएसनले गरेको हो ।

जेठ मसान्तसम्म बैङ्कहरूले असार महिनाका लागि पुरानै ब्याजदरको सूचना सार्वजनिक गर्नेछन् ।

हाल वाणिज्य बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३, संस्थागत मुद्दती निक्षेपमा १०.०३ र रेमिट्यान्सको मुद्दती निक्षेपमा १२.०३ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् ।

त्यस्तै बचतमा ७.०३ र केहीले विशेष योजनामार्फत ८.०३ प्रतिशतसम्म ब्याज दिँदै आएका छन् । हरेक महिना बैङ्कहरूले निक्षेपको ब्याजदरमाथि पुनरावलोकन गर्ने गरेका छन् । अघिल्लो महिनाको तुलनामा यस्तो ब्याजदर १० प्रतिशतभन्दा घटबढ गर्न नपाइने व्यवस्था छ ।

आगामी मौद्रिक नीतिको व्यवस्था हेरेर मात्रै ब्याजदरबारे निर्णय हुन सक्ने बैङ्कर बताउँछन् । राष्ट्र बैङ्क हाल मौद्रिक नीतिको तयारीमा जुटिरहेको छ ।

बैङ्कमा बढ्दो लगानीयोग्य रकमको अभाव, घट्दो विदेशी मुद्रा सञ्चिति, उच्च व्यापार घाटा, बढ्दो महँगी लगायतलाई यस पटकको मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने अवस्था छ ।