२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिटरब्याजीबाट ठगिएकालाई सम्पर्कमा आउन प्रहरीको आग्रह

अ+ अ-

सप्तरी । मिटरब्याजी सप्तरीका रामदेव साह तेली र उनको परिवारबाट ठगीमा परेका सर्वसाधारणलाई प्रहरीको सम्पर्कमा आउन आग्रह गरिएको छ ।

सप्तरीले प्रहरीले आज सूचना जारी गरेर लिएको ऋण रकमको साँवा ब्याज चुक्ता गर्दासमेत घरजग्गा समेतको जायजेथा फिर्ता नपाई वा अन्य किसिमले ठगीमा परेको भए आवश्यक प्रमाणसहित आउन सर्वसाधारणमा जिल्ला प्रहरी कार्यालय सप्तरीले आग्रह गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक भानु खड्काले आज सूचना जारी गर्दै खड्क नगरपालिका–७ कल्याणपुरका रामदेव, उनकी श्रीमती शिवकुमारी देवी साह, छोरा नन्दकिशोर साह तेली, छोरी रेनुकुमारी साह र अनुराधाकुमारी साहले विभिन्न व्यक्तिलाई ठगी गरेको जाहेरी परी अनुसन्धान भइरहेको जनाएको छ ।

आरोपितले मालपोत कार्यालयबाट धितोस्वरुप विभिन्न मानिसको घरजग्गा तथा अन्य जायजेथा रजिष्ट्रेशनको लिखत पास गराई चर्को ब्याजमा ऋण लगानी गर्ने र लिएको ऋण रकमको साँवाब्याज चुक्ता गर्दासमेत घरजग्गा समेतको जायजेथा फिर्ता नगरी ठगी गर्ने गरेको प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा यसबारे उजुरी दर्ता भई अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा प्रहरीले नन्दकिशोर र अनुराधालाई पक्राउ गरेको छ ।

मिटरब्याजी साहविरुद्ध गत सोमबार पीडितले राजविराजमा विरोध प्रदर्शन गरेका थिए । नेपाल प्रहरीले नन्दकिशोर र अनुराधालाई पक्राउ गरे पनि मुख्य आरोपित रामदेव, शिवकुमारी, रेणुकुमारी, चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साहलाई पक्राउ गर्न सकेको छैन ।

छोटो समयका लागि चर्को ब्याज लगाउने र समयमा तिर्न नसके सोहीअनुसार ब्याज बढाउँदै लाने कारोबार तीव्ररुपमा फैलिएको छ । यसरी कारोबार गर्नु जोखिमपूर्ण भएपछि पछिल्लो समय साहुहरूले ऋण चुक्ता गरेपछि फिर्ता गर्ने विश्वासमा पारी ऋणीको जग्गा आफ्नो नाममा रजिष्ट्ररी पास गर्ने, खाली चेक लिएर राख्ने गरेका छन् ।