२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संशोधन नभए बजेट पास हुन नदिने काँग्रेसको निर्णय

अ+ अ-

गोदावरी । नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने निर्णय गरेको छ ।

आज नेपाली काँग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नगरे पारित हुन नदिने निर्णय गरेको हो ।

बैठकले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक भरतबहादुर खड्काले जानकारी दिए । उनले प्रदेश सरकारले ल्याएको बजेट जनताको हितमा नभएकाले परिमार्जन गर्नुपर्ने संसदीय दलले निर्णय गरेको जानकारी दिए ।

काँग्रेसले बैठकले बजेट संशोधन गर्नुपर्ने मागसहितको निर्णयका आधारमा प्रदेश सरकारको ध्यानाकर्षण गराइने जनाएको छ । संसदीय दलको बैठकमा सामाजिक विकास मन्त्रीसमेत रहेका काँग्रेस सचेतक गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, प्रदेशसभा सदस्य डिल्लीराज पन्त, श्यामलाल राना थारूसहितका सात जना सहभागी थिए ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले गत असार १ मा प्रदेशसभा बैठकमा प्रस्तुत गरेको ३६ अर्ब ७६ करोडको बजेटमाथि सत्तारुढ दलकै सांसदहरूको असन्तुष्टिका कारण अहिलेसम्म बजेटमाथि छलफल हुन सकेको छैन ।

माओवादी केन्द्रले आफ्ना सांसदलाई बजेटको विरोध नगर्न र पक्षमा उभिन निर्देशन दिए पनि विरोध कायमै छ भने बजेटबारे एकीकृत समाजवादी पार्टीले कुनै निर्णय गरेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बिचौलियाको प्रयोग गरेर ल्याइएको बजेट खारेज गर्नुपर्ने माग गरेको छ । असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि २५ असारसम्म प्रदेशसभामा बजेटमाथि छलफल हुन नसक्दा अनिश्चित बनेको छ ।