१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचन मिति घोषणासँगै सचिव बढुवा र सरुवा गरिँदै 

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ ।

दिउँसो १ बजे सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी गराएको छ ।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू आउँदो मङ्सिर ४ गते निर्वाचन गर्न सकारात्मक देखिएसँगै आजको बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा हुन सक्नेछ । 

निर्वाचन आयोगले यसअघि नै मङ्सिर २ गते एकै चरणमा गर्ने गरी सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । सोही अनुसार सरकारले मङ्सिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ ।

मन्त्रिपरिषद्को बैठकअघि आजै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठकमा निर्वाचनसँगै संसद् अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

आजको बैठकमा केही सचिवहरूको बढुवासँगै पदस्थापन र सरुवासमेत हुँदै छ । बैठकले प्रशासनतर्फ रिक्त एक सचिव पदका लागि सचिव बढुवा सिफारिस समितिले पठाएकामध्ये एक जनालाई बढुवा गर्नेछ । 

सम्बन्धित समाचार : सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

यसै गरी लेखा परीक्षणतर्फ रिक्त सचिव (विशिष्ट श्रेणी) पदका लागि सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेकी सहसचिव बिन्दु विष्टलाई पनि सचिवमा बढुवा गर्ने निर्णय हुनेछ । 

सम्बन्धित समाचार : सचिव बढुवाकालागि विष्टको नाम सिफारिस

यससँगै केही पुराना सचिवहरूको सरुवा गरिँदै छ । हाल संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय र आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमासमेत एक सचिव पद रिक्त भएको छ ।

सम्बन्धित समाचार : सचिव अर्याल अनिवार्य अवकाशमा, राज्यमन्त्री श्रेष्ठले गरे बिदाई

हाललाई तीन वटा मात्रै रिक्त रहेपनि मिलाउँनै पर्ने अर्थ र अन्यमा गर्दा कम्तीमा आधा दर्जन र बढीमा एक दर्जन जति सचिवहरूको अदली बदली हुने सिंहदरवार स्रोतले प्रशासन विशेष ब्युरोलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस