२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेश : म्यादी प्रहरीमा भर्ना हुन पहिलो दिनमै साढे आठ हजार आवेदन

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशमा म्यादी प्रहरीमा भर्नाको लागि पहिलो दिनमै साढे आठ हजार आवेदन परेको छ ।

बिहीबार साँझसम्म मधेस प्रदेशको सबै जिल्लामा गरी आठ हजार चारसय १३ जनाले म्यादी प्रहरी भर्नाको लागि आवेदन दिएका छन् । 

दुई हजार दुईसय ९७ महिला र छ हजार एकसय १६ जना पुरुषले पहिलो दिन आवेदन दिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार प्रदेशमा सबैभन्दा बढी सप्तरीमा आवेदन परेको छ । सप्तरीमा एक हजार एकसय ६८ पुरुष र चार सय ३५ महिला गरी १६ सय तीन जनाले आवेदन दिएका छन् । 

यस्तै, सबैभन्दा कम आवेदन पर्सामा परेको छ । पर्सामा दुईसय २९ महिला र चारसय ६३ पुरुष गरी छ सय ९२ जनाले आवेदन दिएका छन् ।

सर्लाहीमा पुरुष एक हजार ६३ र महिला तीनसय ५९ जनाले आवेदन दिएको प्रहरी उपरीक्षक तथा प्रवक्ता तिम्सिनाले जानकारी दिए । 

सिरहामा तीनसय ७५ महिला र सातसय १९ पुरुष गरी एक हजार ९४ जनाको आवेदन परेको छ ।

धनुषामा आठसय २२ पुरुष र दुईसय ६२ महिला गरी एक हजार ८४ आवेदन परेको छ ।

महोत्तरीमा पाँचसय २५ पुरुष र दुईसय ६० महिला गरी सात सय ८५ वटा आवेदन परेको छ । 

यस्तै, रौतहटमा सबैभन्दा कम महिलाले आवेदन दिएका छन् ।  रौतहटमा एकसय ३६ महिला र आठसय ७० पुरुष गरी एक हजार छ जनाको आवेदन परेको छ ।

बारामा दुईसय ४२ महिला र चारसय ८६ पुरुषको आवेदन परेको छ । 

बिहीबारदेखि जिल्ला प्रहरी कार्यालयबाट आवेदन लिन सुरु गरिएको हो । बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म आवेदन बुझाउने समय तोकिएको छ । आवेदन असोज ६ गतेसम्म मात्र लिइनेछ ।