२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगर बनाउने थानीको घोषणा

अ+ अ-

काठमाडौँ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हृदयराम थानीले वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगर बनाउने सङ्कल्प लिएका छन् ।

आफ्नो १६ बुँदे संकल्पपत्र सार्वजनिक गर्दै उनले हाल कायम रहेको नगरपालिकालाई उपमहानगरपालिका बनाउने बताएका हुन् । यद्यपि यसअघि वीरेन्द्रनगर नगरपालिकाका नगर-प्रमुख मोहनमाया ढकालले समेत उपमहानगर बनाइने घोषणापत्रमा लेखेकी थिइन् ।

गठबन्धनका साझा उम्मेदवार रहेका काँग्रेस नेता थानीले वीरेन्द्रनगरको फोहोर व्यवस्थापन जस्ता नगरपालिकाले गर्ने कामहरू पनि आफ्नो सङ्कल्प पत्रमा राखेका छन् । सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्ने, कोहलपुर-सुर्खेत अन्तर्गत रत्न राजमार्गको स्तरोन्नति, सुर्खेत विमानस्थल समस्याको उपयुक्त निकास खोज्नेदेखि पश्चिमको बड्डीचौर, गुटु, बेनीघाट सडक स्तरोन्नति गर्ने कुरा उल्लेख गरेका छन् ।

विमानस्थल र खानेपानीको एजेन्डा अन्य दलहरूले पनि प्रमुखताका साथ उठाइरहेका छन् । वीरेन्द्रनगरको प्रमुख समस्या भनेको खानेपानी हो । ‘त्यही समस्यालाई मध्यनजर गर्दै मैले पनि सोही एजेन्डा उठाएको हो,’ थानीले भने- ‘प्रदेश राजधानी वीरेन्द्रनगरलाई केन्द्र बनाएर धार्मिक तथा पर्यटकीय सर्किट सञ्चालन गरिनेछ ।’

साथै उनले चौकुने गुटु र लखरपाटा सिमेन्ट उद्योग स्थापना गरिने पनि बताएका छन् । थानी ०७४ मा नेकपा एमालेका नवराज रावतसँग पराजित भएका थिए । अहिले उनी गठबन्धनको बलमा चुनाव जित्ने रणनीतिमा छन् । थानीको प्रतिस्पर्धीको रूपमा एमालेले अमृत बिसीलाई अघि सारेको छ ।