१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तारकेश्वरको प्रशासकीय भवन निर्माण सुरु

अ+ अ-

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको नयाँ भवनको निर्माण थालिएको छ । तारकेश्वर–१ रयलछापस्थित भवनको आइतबार सांसद अर्जुननरसिंह केसीले शिलान्यास गर्दै पालिकाको भवन निर्माणसँगै जनताको सेवा प्रवाहमा सहजता ल्याउनु पर्ने बताए ।

‘नयाँ भवन निर्माण हुँदैमा लक्ष्यअनुसार काममा सफलता प्राप्त गन सकिँदैन’, उनले भने, ‘जनताको सेवा प्रवाहमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलसहित सरोकार राख्ने सबै पक्षबीच कार्यगत एकता र लोकतन्त्रको अभ्यासमार्फत जनतालाई सेवा पुर्‍याउनु पर्छ ।’ उनले पूरा हुन बाँकी रहेको विदुर नगरपालिका–३ बाट तारकेश्वर हुँदै धादिङ जोड्ने सडक सम्पन्न गर्न, तारुकाघाटमा नयाँ पक्की पुल निर्माण गर्न, तारुकाको गोरु जुधाउने प्रतियोगितालाई खेल–पर्यटनको रुपमा विकास गर्नतर्फ प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

नयाँ निर्माण गरिने भवनले पूर्वाधार विकाससहित पालिकाभित्रका सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतमा सुधारतर्फ संयोजनक गर्न सकिने लक्ष्य राखिएको गाउँपालिकाको अध्यक्ष शिव अधिकारीको भनाइ छ । रु छ करोड ४२ लाखमा ठेक्का लगाइएको भवन सम्पन्न भएसँगै पालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित विभिन्न विषयगत शाखाको सेवा एकै भवनबाट प्रवाह गराउन सकिने प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जानकारी दिए ।

कार्यक्रममा भवन निर्माणको लागि आवश्यक छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने ११ जग्गादातालाई दोसल्ला र र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस