काठमाडौँ । मेगा बैङ्क लिमिटेडको एक्टिङ सिइओमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । बैङ्कले अर्को व्यवस्था नभएसम्मका लागि बैङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई एक्टिङ सिइओको जिम्मेवारी दिएको हो ।
बैङ्कको पुष २५ गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई पुष २५ गतेदेखि नै लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
