२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीम रावलमाथि कारबाही गर्न माग

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलमाथि कारबाही गर्न माग भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालका अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बिसीले रावलले पार्टीलाई चुनाव हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग गरेका हुन् ।

आइतबार धनगढीमा भएको राष्ट्रिय युवा सङ्घ सुदूरपश्चिमको दोस्रो पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा बिसीले नेता रावलकै कारण अछाममा सङ्गठन छिन्नभिन्न हुने अवस्थामा पुगेको आरोप समेत लगाएका छन् ।

‘अछामबाट भीम रावललाई हामीले कति पटक भोट हालेर जितायौँ । पार्टीको उपाध्यक्ष बनाउँदै राष्ट्रिय स्तरको राजनीतिमा स्थापित गर्‍यौँ,’ बिसीले भने, ‘तर चुनावमा रावलले समाजवादी र काँग्रेसलाई जिताउन भूमिका खेल्नुभयो । उहाँलाई कारबाही गरिनुपर्छ ।’

बिसीले रावलकै कारण राष्ट्रिय युवा सङ्घका युवाहरूमा एकता हुन नसकेकाले कारबाही गरेमा एकता कायम हुने दाबी समेत गरेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय महासचिव क्षितिज थेवे प्रमुख अतिथि रहेको कार्यक्रममा युवा सङ्घका अछाम इन्चार्ज भरतबहादुर शाहको समेत सहभागिता थियो । सोही कार्यक्रममा बिसीले रावलले एमालेका उम्मेदवार झपट बोहरा र यज्ञ बोगटीलाई हराउन भूमिका खेलेको आक्षेप लगाउँदै कारबाहीको माग गरेका हुन् ।