काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले नेपाल राष्ट्र बैंकको टोलीसँग भेटवार्ता गरेका छन् ।
आज मङ्गलवार अर्थ मन्त्रालयमै बोलाएर अर्थमन्त्री डा. महतले गभर्नर महाप्रसाद अधिकारी लगायतको टोलीसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कबिचको सम्बन्ध सुधारमा जोड दिएका छन् ।
अर्थ मन्त्रालयको कमाण्ड जनार्दन शर्माले हाँकेको समयमा नेपाल राष्ट्र बैङ्कसँगको सम्बन्धमा दरार आएको छ । सोही दरार मेटाएर नयाँ सम्बन्ध सुरु गर्न डा. महतले पहल गरेका हुन् ।







