११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरूको नाफा

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९-८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको नाफा १० दशमलव ९२ प्रतिशत बराबरले बढेको छ । 

गत वर्षको तुलनामा १४ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने सातवटाको घटेको छ । गत वर्ष तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले रु ४३ अर्ब ४१ करोड बराबर नाफा कमाएका थिए । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा गरेको कुल नाफाको तुलनामा यस वर्षको सोही अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा एभरेष्ट बैंक देखिएको छ ।

एभरेष्ठ बैंकले गत वर्षको तुलनामा ६२ दशमलव ६२ प्रतिशतले नाफा बढाएर चैत मसान्तसम्ममा रु दुई अर्ब ४६ करोड बराबर पुर्‍याएको छ । त्यस्तै स्टाण्डर्ड चार्टर्ड बैंकले गत वर्षको तुलनामा ६० दशमलव २५ प्रतिशतले नाफा बढाएर रु दुई अर्ब ६१ करोड बराबर पुर्‍याएको छ ।

रकमका आधारमा नविल बैंकको नाफा बढी छ । यस बैंकको नाफा गत वर्षको तुलनामा यस वर्ष ५२ दशमलव ६३ प्रतिशतले बढेर रु पाँच अर्ब ११ करोड पुगेको छ । रकमका आधारमा बढी नाफा कमाउने बैंकमा ग्लोबल आइएमई बैंक दोस्रो र एनआइसी एसिया बैंक तेस्रो स्थानमा छन् । ग्लोबल आइएमई बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा १६ दशमलव ९६ प्रतिशतले बढाएर रु चार अर्ब ३५ करोड पु¥याएको छ भने एनआइसीले ११ दशमलव ३८ प्रतिशतले बढाएर रु चार अर्ब एक करोड पुर्‍याएको छ ।

धेरै नाफा कमाउने बैङ्कहरूको सूचीमा राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा छ । वाणिज्य बैंकले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो वर्ष ३६ दशमलव ६९ प्रतिशतले नाफा बढाएर रु तीन अर्ब ५७ करोड पुर्‍याएको हो । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो अवधिमा रु तीन अर्ब चार करोड बराबर नाफा कमाएको छ । यो गत वर्षको तेस्रो त्रैमासको तुलनामा २२ दशमलव ९६ प्रतिशतले बढी हो ।

लक्ष्मी बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा ४७ दशमलव ३१ प्रतिशतले बढाएर रु एक अर्ब १६ करोड पु¥याएको छ भने नेपाल एसबीआई बैंकले ३८ दशमलव ७१ प्रतिशतले नाफा बढाएर चैतसम्म रु एक अर्ब ८० करोड पुर्‍याएको छ । त्यस्तै प्रभु बैंकले आफ्नो नाफा ११ दशमलव ५१ प्रतिशतले बढाएको छ । चैत मसान्तसम्ममा प्रभुले रु एक अर्ब ९५ करोड बराबर नाफा कमाएको हो ।

सानिमा बैंकको नाफा सात दशमलव ४७ प्रतिशतले बढेको छ । यो अवधिमा सानिमाको नाफा रु एक अर्ब ७१ करोड बराबर छ । हिमालयन बैंकको नाफा वृद्धिदर एक दशमलव ४४ प्रतिशतमा खुम्चिएको छ । हिमालयले चैत मसान्तसम्ममा रु एक अर्ब ४१ करोड नाफा कमाएको हो । कुमारी बैंकको नाफा वृद्धिदर शून्य दशमलव ९७ र एनएमबी बैंकको वृद्धिदर शून्य दशमलव ६४ प्रतिशत बराबर छ । कुमारी बैंकले रु एक अर्ब ८२ करोड बराबर नाफा कमाउँदा एनएमबीले रु दुई अर्ब ६८ करोड नाफा कमाएको छ ।

गत वर्षको तुलनामा नाफा घट्नेमा कृषि विकास बैंक अग्रस्थानमा देखिएको छ । कृषि विकास बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ४५ दशमलव ३६ प्रतिशतले नाफा घटेको छ । गत वर्ष चैतसम्ममा रु एक अर्ब ९० अर्ब नाफा कमाएको बैंकको यस वर्षको नाफा भने रु एक अर्ब चार करोडमा खुम्चिएको छ ।

सिद्धार्थ बैंक लिमिटेडको पनि गत वर्षको तुलनामा नाफा घटेको छ । अघिल्लो चैत मसान्तसम्ममा रु दुई अर्ब आठ करोड बराबर नाफा कमाएको बैंकले यस वर्ष भने नाफा २८ दशमलव ६५ प्रतिशतले घटेर रु एक अर्ब ४९ करोडमा कायम भएको छ ।

सिटिजन्स बैंकको नाफा गत वर्षको तुलनामा २२ दशमलव २४ प्रतिशतले घटेर रु एक अर्ब २३ करोड बराबर छ । त्यस्तै नेपाल बैंक लिमिटेडको नाफा १८ दशमलव ७२ प्रतिशतले घटेर रु एक अर्ब ७८ करोड बराबर छ । माछापुच्छ«े बैंकको नाफा अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा रु एक अर्ब ५५ करोड बराबर रहेकामा १२ दशमलव ८८ प्रतिशतले घटेर रु एक अर्ब ३५ करोड बराबर छ । प्राइम कमर्सियल बैंक र सनराइज बैंकको नाफा गत वर्षको तुलनामा यस वर्ष क्रमशः नौ दशमलव ३५ र आठ दशमलव ३३ प्रतिशतले घटेको छ । चैत मसान्तसम्ममा प्राइमले रु दुई अर्ब ४६ करोड र सनराइजले रु एक अर्ब १७ करोड बराबर नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस