८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तुलसीपुरका शिक्षकलाई अक्षर सुधार तालिम

अ+ अ-

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान सुरुआत गरेको छ ।

उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा सरकारी विद्यालयमा कार्यरत शिक्षकलाई अक्षर सुधार तालिम प्रदान गरिएको छ । शिक्षकलाई तीन दिने तालिम प्रदान गरेपछि ती शिक्षकले विद्यालयमा विद्यार्थीलाई अक्षर सुधार गर्न सिकाउने उनले बताए । ‘हामीले विद्यार्थीका अक्षर सुधारका लागि अभियान थालेका छौँ’, उनले भने,’पहिलो चरणमा तुलसीपुरका सबै विद्यालयबाट शिक्षक बोलाएर तालिम प्रदान गरेका छौँ, ती शिक्षकले विद्यार्थीलाई अक्षर सुधार गर्न लागाउनुहुनेछ ।’

विद्यार्थीले ज्ञान आर्जन गरेको कुरा परीक्षामा व्यक्त गर्ने माध्यम भनेको अक्षर नै भएकाले अक्षर सुधार पनि महत्त्वपूर्ण रहने जनाउँदै यो अभियान चलाएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । ‘पढेर मात्रै हुँदैन, पढेको कुरा अक्षरमा उतार्नुपर्ने र लेखेको कुरा सबैले बुझ्ने हुनुपर्छ’, उनले भने, ‘तर, हामी जति ज्ञानी भए पनि अक्षर कसैले नबुझ्ने भएमा त्यसले कुनै प्रभाव पार्दैन, त्यसैले हामीले यो अभियान अघि बढाएका हौँ ।’

पहिलो चरणमा अक्षर सुधारका लागि शिक्षकलाई तालिम दिएको र त्यो कुरा व्यवहारमा उतारेको–नउतारेको कुराको विद्यालयमै गएर अनुगमन पनि गरिने उनले बताए । शिक्षकले अक्षर सुधार कार्य एकदमै महत्त्वपूर्ण रहेको बताएका छन् । ‘हामीले अझै पनि अक्षर लेख्न पनि जानेका रहेनछौँ, वाक्य संरचना कसरी मिलाउँदा अक्षर सुन्दर हुँदो रहेछन्, भन्ने कुरा ख्याल रहेनछ’, मावि प्रतापकोटका शिक्षक मेघराज पोख्रेलले भने, ‘शिक्षकले अक्षर सुधार गरेमा सोहीअनुसार विद्यार्थीलाई पनि सिकाउन सजिलो हुन्छ, त्यसैले यो कार्य एकदमै राम्रो छ ।’ विद्यार्थीलाई राम्रो लेख्न भनी निर्देशन गर्ने तर, कसरी राम्रो अक्षर लेख्ने भन्ने कुराको तरिका शिक्षकलाई नै थाहा नहुने अवस्था रहेको भन्दै यो कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो ।

धेरै विद्यार्थी अक्षरकै कारण अनुत्तीर्ण हुने गरेको भन्दै अक्षर पनि शिक्षणको महत्त्वपूर्ण पाटो रहेको प्रशिक्षक हिमाल डाँगीले बताए । ‘धेरै विद्यार्थी अक्षरकै कारण अनुत्तीर्ण भएका छन्, भने केहीले सोचेजस्तो अङ्क पनि ल्याउन सक्नुभएको छैन’, उनले भने, ‘त्यसैले पनि अक्षर सुधार अपरिहार्य छ ।’ संस्थागत विद्यालयले अक्षरलाई पनि ध्यान दिने तर, सरकारी विद्यालयले अक्षरमा त्यति ध्यान नदिँदा पनि समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस