८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन हजार दुई सय बिघा जग्गा सिञ्चित

अ+ अ-

चितवन । चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्‍याएको छ ।

जिल्लामा सिँचाइ अभावका कारण बाँझो रहेका जमिनलाई लक्षित गर्दै सिँचाइका कार्यक्रम लागू भएको तीन वर्ष पूरा हुन लाग्दा सो क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा स्थापना भएको यस आयोजनाले पाँच वर्षसम्म काम गर्ने छ । चितवन र मकवानपुर क्षेत्रमा गरी यस कार्यालयले हालसम्म तीन हजार छ सय १० बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको कार्यालयका संयोजक देवकुमार स्याङ्वोले जानकारी दिए ।

चितवनको छवटा पालिका र मकवानपुरका तीन पालिकामा अहिले कार्यक्रम लागू भइरहेको छ । यस क्रममा चितवनमा तीन सय ६० स्थानमा स्यालो ट्युबेल र ५२ वटा डिप ट्युबेल स्थापना गरी सञ्चालनमा ल्याइएको उनले बताए । मकवानपुरमा १० वटा डिप ट्युबेल सञ्चालनमा ल्याइएको छ ।

आयोजना १० हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइ गर्ने योजनाका साथ स्थापना भएको हो । तीन वर्षमा गरेको प्रगति र बजेटको अवस्था हेरेर कार्यक्रम सञ्चालन गर्दै आएको स्याङ्वोले बताए ।

अहिलेसम्म ६० करोड बराबरको काम भएको उनले जानकारी दिए । अहिले आयोजनाले बाह्र महिना नै सिँचाइको व्यवस्था हुने गरी सुक्खा क्षेत्रमा काम गर्दै आएको छ ।

स्याङ्वोले भने, ‘सिँचाइ अभावका कारण खेती गर्नबाट वञ्चित कृषकलाई लाभ हुने गरी काम गरिरहेका छौँ ।’ आयोजनाले विशेष गरी भरतपुर महानगरपालिकाका क्षेत्रमा काम गरेको छ ।

यस आर्थिक वर्षबाट आयोजनाले बर्दघाट–सुस्तापूर्व नवलपरासीसमेत समेट्ने गरी काम गर्न लागेको छ । विसं २०८१/८२ सम्मका लागि यस आयोजनामा चार अर्ब ६४ करोड बजेट स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस