२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी नेतृत्वले चुनावमा गठबन्धन गरेर ठुलो गल्ती गल्ती गर्‍यो : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वले चुनावमा गठबन्धन गरेर गल्ती गरेको बताएका छन्। 

दाङको लमहीमा नेपाली काँग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि भनेर सोमबार राखिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले माथिदेखि तलसम्म काँग्रेसका मान्छेलाई हँसिया हतौडामा भोट हाल्न लगाउने निर्णय गलत भएको बताएका हुन्। 

‘नेतृत्वले कहाँ गल्ती गर्‍यो भने काँग्रेसको मान्छे हँसिया हतौडा र कलममा भोट हाल्न लगाउने कुरा काँग्रेसको गल्ती थियो,’ उनले भने, ‘गल्ती भएको बेलामा गल्ती भयो भन्न सके र त्यसलाई सच्याउन सके मात्रै पार्टीलाई ठिक ठाउँमा उभ्याउन सकिन्छ।’

पार्टी भित्र अझै पनि परम्परागत सोच र चिन्तन हाबी रहेको भन्दै उनले केहीलाई वर्षौँदेखि पार्टी जसरी चल्दै आएको छ त्यसैगरी चल्नुपर्छ भन्ने मान्यता सही नभएको बताए। 

‘कतिपयले आज पनि यी केटाहरू जान्ने भएर आएर यसरी पार्टी चल्दैन भन्ने लाग्दो रहेछ,’ उनले भने, ‘हिजकै चालढालबाट, हिजोकै चरित्रबाट अब पार्टी चल्छ भन्ने ठान्यौँ भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने दिन आउने छ।’

नेपाली काँग्रेसलाई बदल्न जरुरी रहेको भन्दै महामन्त्री थापाले काँग्रेसलाई बदल्न सबै बदलिनु जरुरी रहेको बताए। 

त्यसका लागि निर्वाचन प्रणाली बदन्ल आवश्यक रहेको उनको धारणा थियो।  समानुपातिक निर्वाचन प्रणाली बदलेर प्रत्यक्ष मात्रै राख्नुपर्ने र  प्रत्यक्षलाई समावेशी बनाउनु पर्ने उनको भनाइ थियो। 

त्यसो गर्दा कोहीसँग गठबन्धन गर्न नपर्ने उनले बताए।

पार्टीले दिने टिकटको निर्णय तल्लो तहबाटै गर्नु पर्ने उनले बताए। धेरै समय पार्टी र जनप्रतिनिधिको बीचको सम्बन्ध मजबुत राखेर काम गर्नुपर्ने र त्यसका लागि लिनुपर्ने नीतिका बारेमा पार्टीले तयार पारेको घोषणापत्रको आधारमा काम गर्न जरुरी रहेको बताए। 

त्यस्तै, उनले पार्टी नेतृत्वलाई गाली गरेर पार्टी नबन्ने तर्क गर्दै तर पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थनमा तालीमात्रै बजाउँदा पनि पार्टी नबन्ने स्पष्ट पारे। 

‘गलत निर्णयविरुद्ध आवाज उठाउन सक्नुपर्छ,’ उनले भनेका थिए ‘ गाली गरेर काँग्रेस अग्लो हुँदैन तर, नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी बन्दैन ।’

नेतृत्वले गरेका गलत कामका विरुद्ध प्रश्न गर्न आँट गर्नुपर्ने उनको भनाइ थियो । 

‘नेतृत्वले गल्ती गर्दा यहाँ नेर गल्ती भयो भनेर बोल्न सक्नुपर्छ,’ उनले भने,‘पार्टीको अहित हुने निर्णय भयो भने रोक्न सक्नुपर्छ। पार्टीलाई ठिक ठाउँमा उभ्याउन सक्नुपर्छ।’