२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहाड र हिमालमा पनि सङ्गठन विस्तार गर्ने सीके राउतको तयारी

अ+ अ-

काठमाडौँ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पहाड र हिमाली क्षेत्रमा पनि सङ्गठन विस्तारलाई तीव्रता दिएको छ ।

२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट तराई मधेशमा राम्रो जनमत हासिल गरेको उक्त पार्टीले देशका ७७ वटै जिल्लामा सङ्गठन विस्तारका लागि सार्वजनिक रूपमै आह्वान गरेको छ । तराई मधेशका २३ वटा जिल्लामा सङ्गठन विस्तार गरिसकेको जनमत पार्टीले बाँकी ५४ वटा जिल्लामा नेतृत्वको खोजी गरिरहेको छ ।

पार्टीमा आबद्ध भएर काम गर्न चाहनेहरूका लागि अनलाइनमार्फत खुल्ला आह्वान गरेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिएका छन् । उनका अनुसार जनमत पार्टीले आगामी निर्वाचनमा देशभरका सबै निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिने योजना बनाएकाले अहिले सङ्गठन विस्तार सुरु गरिएको हो ।

‘हामी पहिलो निर्वाचनबाटै राष्ट्रिय पार्टीको रूपमा उदायौँ, अब पार्टीको सांगठानिक संरचना पनि राष्ट्रव्यापी बनाउन लागेका छौँ’, नेता साहले भने, ‘हिमाल पहाडका जनताले पनि डा. सीके राउतको नेतृत्वलाई स्वीकार गर्दै हुनुहुन्छ । हामी हिमाली र पहाडी भेगका जनतालाई पनि समेटेर पार्टी विस्तार गर्दैछौं ।’

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आफ्नो फेसबुक पेजमार्फत सूचना जारी गर्दै जनमत पार्टीको वेबसाइटबाट फारम भर्न वा पार्टीमा सम्पर्क गर्न आग्रह गरेका छन् ।