११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवामा आकर्षित गर्न आकर्षक प्याकेज आवश्यक : अध्यक्ष रेग्मी

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले निजामती सेवामा आकर्षित गर्न आकर्षक प्याकेज ल्याउनुपर्ने बताएका छन्। मङ्गलवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले नागरिकहरू निजामती सेवातर्फ आकर्षित नहुनुको खोजी हुनुपर्ने बताएका हुन्। 

उनले आफ्ना सन्तानलाई अध्ययन गराउँदा नेपालका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन नसक्नु पनि यसको कारण हुनसक्ने बताए। उनले मुलुकको सामर्थ्यअनुसार अरू सेवा समूहलाई नियालेर आकर्षक प्याकेज ल्याउनुपर्ने बताए।

उनले भने, ‘मानिसहरू निजामती सेवातर्फ किन आकर्षित भएनन् भन्ने विषयमा हाम्रा अभिभावकको पनि कमजोरी छ। आफ्ना छोराछोरीलाई भविष्यमा पढेर नेपालकै सेवा गर्नुपर्छ भन्छौँ ? कुन कलेजमा यस्तो पढ्यो भने छिटै भिसा पाइन्छ भन्ने पो पढाएका छौँ कि ? निजामतीमा आकर्षणका लागि नेपाल सरकारले आकर्षणका प्याकेज के गर्नुपर्ने हो ? निजामती सेवा ऐन बन्दा अब लोकसेवा आयोगले अहिलेसम्म अनुभव गरेको विषयमा सुझाव दिन्छ नै।’

‘उनले पेन्सन भएर पनि कर्मचारी बसिरहेको नयाँले काम पाउँथे कि भन्ने विषय छ। त्यसरी कर्मचारीले २० वर्षमै पेन्सनमा जाने हो भने सरकारको दायित्व अत्यधिक बढ्ने,’उनको भनाई छ । 

उनले निजामती कर्मचारी २० वर्षमै पेन्सनमा जाने हो भने पेन्सनमा सरकारको दायित्व अत्यधिक बढ्ने र अनुभवी कर्मचारी निजामती सेवामा नहुने समस्याले निजामती सेवालाई असर पुग्ने स्थिति आउने बताए। उनले प्रशासनिक सङ्घीयताको व्यवस्थापन गर्न कठिनाइ भइरहेकोसमेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस