२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वित्तीय साक्षरता बढाउन आवश्यक : विराजभक्त श्रेष्ठ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वित्तीय साक्षरता बढाउनुपर्नेमा जोड दिए। राजनीतिक दलका नेता र प्रहरीकै संरक्षणमा मिटरब्याज चलिरहेको उल्लेख गर्दै उनले कारबाहीले मात्र परिवर्तन नहुने भएले वित्तीय साक्षरता बढाउनुपर्ने बताए।

‘स्थापित राजनीतिक दलकै नेताहरूको संरक्षणमा मिटरब्याज चलिरहेको भन्ने छ । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । प्रहरीको उच्च पदस्थ कर्मचारीहरुकै संलग्नता छ भन्ने बजारमा सुन्छौँ । यसको लागि वित्तीय शिक्षामा हामीले सुधार गर्नुपर्छ जस्तो लाग्छ । वित्तीय साक्षरता बढाउनुपर्छ जस्तो लाग्छ । वित्तीय पहुँचको जनचेतना पनि आवश्यक छ,’ श्रेष्ठले भने।

सांसद श्रेष्ठले उत्पादनमा आधारित सहज कर्जा प्रवर्धनका लागि नीति ल्याउनुपर्नेमा जोड दिए। उनले भने, ‘कारबाही मात्र समाजलाई सुधार्ने सूचकाङ्क होइन । उत्पादनमा आधारित सहज कर्जा प्रवर्धन गर्न पनि हामीले नीति ल्याउन सक्नुपर्छ।’