२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तातोपानीमा निःशुल्क घर बीमा कार्यक्रम

अ+ अ-

काठमाडौँ । तातोपानी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको सुरक्षाका लागि ‘निःशुल्क घर बीमा’ कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८/८१ को नीति तथा कार्यक्रम र बजेटमा निःशुल्क घर बीमाको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले बताए ।

तातोपानीका आठवटै वडाका तीन हजार तीन सय घरधुरीका लागि निर्जीवन बीमा सुरक्षाको प्रत्याभूति दिनका लागि रू.२० लाख बजेट नीति तथा कार्यक्रममार्फत विनियोजन गरिएको उनले जानकारी दिए । अध्यक्ष चौलागाईँले भने, “अविरल वर्षा र बाढी पहिराका कारण प्रत्येक वर्ष नागरिक घरबारविहीन हुनु परेको छ । नागरिकको वासस्थानको सुरक्षाका लागि घर बीमा योजना ल्याएका छौँ ।” स्थानीयको सुरक्षामा पहिलो जिम्मेवारी स्थानीय सरकार भएकाले यहाँका नागरिकको सुरक्षाका लागि घर बीमा कार्यक्रमलाई पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो ।

अध्यक्ष चौलागाईँका अनुसार नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको बीमा कम्पनीसँग सहकार्य गरेर यहाँका नागरिकको घर बीमा गरिने छ । प्रत्येक घरलाई रू पाँच लाख बराबरको बीमा गर्ने पालिकाले जनाएको छ । घरमा प्राकृतिक विपद्ले क्षति पुर्‍याएमा बीमाबाट राहत पुग्ने उनले बताए ।

गत वर्ष असोजमा आएको अविरल वर्षाले तातोपानी क्षेत्रमा धेरै क्षति गरेको थियो । अझैसम्म उनका खेतबारी र विद्यालय पुनः निर्माण हुन सकेका छैनन् । प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्दै नागरिकलाई राहत महसुस गराउनका लागि आव २०८०/८१ आर्थिकबाट उक्त कार्यक्रम लागू गरिएको उपाध्यक्ष रेवती रावलले जानकारी दिए ।  

नीति तथा कार्यक्रममार्फत पालिकाबाट सञ्चालन हुने गौरवका बुहवर्षीय तथा ठुला प्रकृतिका योजनाको दिगो व्यवस्थापन संरक्षण गर्दै मर्मतसम्भार गरी दिगोपना दिने उद्देश्यले बीमा योजनाका लागि बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।

पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्न तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउनका लागि ‘किसानमैत्री योजना’ नीति तथा कार्यक्रममा ल्याएको तातोपानी गाउँपालिकाले जनाएको छ । गर्भवती तथा सुत्केरीलाई अस्पतालसम्म आउजाउ गर्नका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउँदै ‘म स्वास्थ्य मेरो गाउँपालिका स्वास्थ्य’ कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष चौलागाईँले जानकारी दिए । उनका अनुसार पालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नका लागि आठवटै वडाका नागरिकका लागि रू. दुई लाखका दरले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न रू. १६ लाख विनियोजन गरिएको छ ।

बजेट वक्तव्यमा सबै वडामा दीर्घ रोगी र वृद्धहरूलाई घर-घरमै गएर निःशुल्क उपचार गर्ने तथा मधुमेह र उच्च रक्तचापको निःशुल्क परीक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।