११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिको समवेदना सन्देश

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समवेदना दिएका छन्।

शुक्रबार बिहान राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर राष्ट्रपति कार्यालयका पदाधिकारी र राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए।

सशस्त्र सङ्घर्षलगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीताको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रपति पौडेलले पठाएको समवेदना पत्रमा उल्लेख छ।

‘समाज रूपान्तरण र राजनीतिक परिवर्तन मात्र नभएर प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ र सहयोग उदाहरणीय तथा अनुकरणीय छ’, राष्ट्रपति पौडेलले समवेदना पत्रमा भनेका छन्।

प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलको समवेदना पत्रमा अत्यन्तै मार्मिक भएको बताउँदै आभार व्यक्त गरेका थिए। यसअघि सीताको निधन भएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी दुःख व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस