काठमाडौँ । असोज १० देखी नेपाल मेडिकल काउन्सिलको ६७औँ चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा हुने भएको छ ।
परीक्षा १० गतेदेखी १२ गतेसम्म हुने भएको हो ।
सो परीक्षाका लागि काउन्सिलले साउन २९ गतेदेखि अनलाइन आवेदन खुला गर्ने काउन्सिलले जनाएको छ ।
काउन्सिलको अनुसार भदौ २६ गतेसम्म नियमित शुल्कमा तथा २७ र २८ गते विलम्ब शुल्कसहित आवेदन दिन सकिने छ ।
