२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सारद्वारा अवैध सामान बरामद

अ+ अ-

लुम्बिनी । भैरहवा भन्सारबाट फरक सामानको बिजक पेस गरी अवैध सामान भित्र्याउँदै गर्दा भन्सार कार्यालयले बरामद गरेको छ ।

प्लाष्टिकका दानाको बिजकबाट नेपाल भित्र्याउन लागेको दुईवटा ट्रकमा जाँच गर्दा ठूलो परिमाणमा कागजातभन्दा फरक कपडा, काजु, किसमिसलगायत फेला परेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

भारतबाट प्लाष्टिकका दानाको बिजक पेस गरेर भन्सार गर्ने प्रक्रियामा रहेका दुईवटा ट्रक जाँच गर्दा फरक सामान भेटिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडलले जानकारी दिए । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनिए पनि भौतिक जाँचका क्रममा दुईवटै ट्रकमा ठूलो परिमाणमा फरक सामान फेला परेको उनले बताए ।

ना५ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जिटी ०५७८ नम्बरको भारतीय ट्रक भन्सार परिसरबाटै नियन्त्रणमा लिई जाँच सुरु गरिएको भन्सार कार्यालयले जनाएको छ । जयमा ट्रेडर्स र चितवन ह्याचरीको नाममा बिजक बनाएर भन्सारमा प्रवेश गराइए पनि ती व्यावसायिक फर्महरू हाल सञ्चालनमा नभएको कार्यालयले जनाएको छ ।

प्रारम्भिक जाँचका क्रममा शुक्रबार नियन्त्रणमा लिइएका दुईवटा ट्रकमा करिब रु दुई करोड बराबरको रहेको अनुमान गरिएको छ ।