९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णु पौडेलले भने-अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सरकारको टालटुले जवाफले सुधार हुँदैन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सरकारको टालटुले जवाफले सुधार हुने अवस्था नभएको बताएका छन्।

आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था चानेचुने अवस्थामा नभएको भन्दै सरकारले टालटुले जवाफले अर्थतन्त्र समालिन नसक्ने बताए।उनले अर्थतन्त्रको समग्र शल्यक्रिया गर्न सक्ने गरी उचित उपचारको प्रबन्ध सरकारले गर्न सक्नुपर्ने बताए।

पूर्व अर्थमन्त्री पौडेलले समिति बैठकमा मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्ने बोलाउँदा अर्थमन्त्री आउनुपर्ने बताए।

उनले मुलुकको अर्थतन्त्र र समितिमा अर्थ मन्त्रालयले प्रस्तुत गरेको आर्थिक अवस्था मेल नखाएको बताए । उनले देशको अर्थतन्त्र मन्दीको अवस्थामा आए पनि अर्थ मन्त्रालयले मन्दिको अवस्थालाई स्वीकार गर्न नसकेको बताए । पूर्व अर्थमन्त्री पौडेलले अर्थतन्त्र मन्दिमा गएको स्वीकार गर्न नसक्ने मन्त्रालयले अर्थतन्त्रका समस्या समाधान नगर्न सक्ने बताए । पौडेलले अर्थतन्त्र मन्दीमा गएको विषयमा सरकारले मौनता साधेको आरोप लगाए।

उनले सरकारले अर्थतन्त्रको समस्यालाई बेवास्ता गरेर अर्थतन्त्र सुधार गर्न नसक्ने उल्लेख गरे।उनले अर्थतन्त्रमा देखिएका समस्या,चुनौती र कठिनाइहरू सम्बोधन नगरे अर्थतन्त्रमा उल्लेख्य सुधारहरू हुन नसक्ने बताए।उनले बजारमा मागमा कमी आएको र धेरै उद्योगहरू ५० प्रतिशत मात्रै उत्पादन गरिरहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस