८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ : मुख्यमन्त्री पाण्डे

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनोट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन्।

‘गण्डकी प्रदेश समृद्धिको मुख्य क्षेत्र पर्यटन हो, यसमापनि जिल्लागत विविधता छ’ उनले भने ‘मुस्ताङलाई हामीले पर्यटन र कृषिमा केन्द्रित गरेका छौँ।’

मुक्तिनाथ मन्दिर, कागवेनी धार्मिक क्षेत्र, कोरोला नाका र उच्च हिमाली मैदानमा खेल अभ्यास गर्ने पर्यटकलाई लक्षित बजेटसहित कार्यक्रममा प्रदेश सरकारको प्राथमिकता रहेको उनले बताए। ‘पर्यटनसँगै कृषिलाईपनि प्राथमिकता दिनुपर्छ, यहाँ उत्पादन हुने कैयौँ थरिको स्याउ, आलु निकै प्रख्यात छ’ उनले भने ‘हरेक रेष्टुरेन्टका मेनुमा हुने मुस्ताङी आलु हामीले पुर्‍याउन सकेका छैनौँ, अब पुर्‍याउने गरी सामूहिक खेती गर्नुहोस्, प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान दिनेछ।’

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा भएको दोस्रो पञ्चवर्षीय योजना निर्माणको क्रममा मुस्ताङमा आयोजित सरोकारावालाहरुको अन्तक्रियामा मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्।

उत्पादनमा आधारित अनुदानले किसानलाई व्यावसायिक हुन प्रेरित गर्नुका साथै बढ्दो बिदेसिने दर र बेरोजगारको समस्या कम हुने अपेक्षा प्रदेश सरकारको रहेको उनले बताए।

पछिल्लो समय जलवायु परिवर्तनको प्रत्यक्ष असर बढ्न थालेको बताउँदै उनले कागबेनीमा साउन २८ गतेको बाढी, उत्तरी भेगमा बढ्दो वर्षात, उत्पादनमा ह्रास यसैको प्रभाव रहेको बताए। ‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने गरी हाम्रा योजना र कार्यक्रम बन्नुपर्छ’ उनले भने।

सुशासन र सङ्घीयतालाई गण्डकी सरकारले प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री पाण्डेले कतिपय कानुन नबन्दा प्रदेश सरकारले चाहेर पनि जनताको अपेक्षा पुरा गर्न नसकेको बताए। ‘कर्मचारी समायोजन, जग्गा प्राप्ति ऐन र प्रहरी समायोजन भएन भने प्रदेश सरकारले जनअपेक्षा अनुसारका काम गर्न सक्दैन, प्रत्यक्ष सेवा प्रभावित हुन्छ’ बारम्बार यो विषय उठाउँदै आएका उनले थपे ‘संघीयताप्रतिको जनताको अपेक्षा पूरा गर्न सकिएन भने नकारात्मक धारणाको विकास हुँदै जान्छ।’

प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गरेर प्रदेश आफैँ आत्मनिर्भर बन्ने योजनामा लाग्नुपर्ने उनले बताए। यसकालागि पनि कानुनी अड्चनहरु रहेको बताउँदै उनले भने, ‘आत्मनिर्भर र समुन्नत प्रदेश, सम्मानित प्रदेशवासी’ बनाउने गरी गण्डकी सरकार अघि बढेको बताए।

मुस्ताङबाट सुरु भएको दोस्रो पञ्वर्षिय योजनाको छलफल हरेक जिल्लामा हुने बताउँदै मुख्यमन्त्री पाण्डेले भने ‘वास्तविक धरातलमा रहेर हामीले कार्यान्वयन हुने योजना बनाउनुपर्छ, विज्ञको सुझाव मात्रैले कार्यान्वयन गर्न सक्ने योजना बन्दैन।’

मुस्ताङमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू योगेश गौचन, सरिता प्रसाईँ, गण्डकी प्रदेश सभा सदस्यहरू बिकल शेरचन, नाम्डु गुरुङ, बिमला गौचन लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस