७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हमासको धम्कीलाई गम्भीरतापूर्वक लिएका छौँ : बाइडेन

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलसँगको युद्धबारे इजरायली नेतासँग कुराकानी गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले हमासका बन्धकहरूलाई मृत्युदण्ड दिने धम्कीलाई गम्भीरतापूर्वक लिएको बताएको छ ।

हमासले इजरायलले गाजामा बिना कुनै चेतावनी नागरिकमाथि आक्रमण गरी बन्धक बनाइएकाहरूको हत्या गर्ने चेतावनी दिएपछि ह्वाइट हाउसले स्थितिलाई नजिकबाट नियालिरहेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका छन् ।

किर्बीले सीएनएनसँगको कुराकानीमा भने, ‘यस्तो धम्कीलाई तपाईं हल्का रूपमा लिन सक्नुहुन्न । हमासले आफू सक्षम रहेको देखाइसकेको बर्बरताका कारण तपाईंले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

असी वर्षीय बाइडेनले इजरायल–गाजा द्वन्द्वमा इजरायलको समर्थन गरेपनि आइतबारदेखि सार्वजनिक रूपमा केही बोलेका छैनन् । सम्भावित बन्धक सङ्कट र क्षेत्रीय युद्धको खतराप्रति ध्यान दिँदै उनले युद्धबारे तत्काल कुनै प्रतिक्रिया नदिएको अनुमान गरिएको छ ।

प्यालेस्टाइनी लडाकू समूह हमासले इजरायलमाथि शनिबार गरेको आक्रमणमा अपहरण गरी गाजा पुर्‍याइएकामध्ये अमेरिकी पनि रहेको र कम्तीमा ११ जना अमेरिकी नागरिकको मृत्यु भएको राष्ट्रपति बाइडेनले बताएका छन् ।

बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले मङ्गलबार बिहान इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग राष्ट्रिय सुरक्षा टोलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ ।

नेतन्याहूसँग उनीहरूले ‘इजरायलका लागि अमेरिकी समर्थन’ र ‘इजरायलमाथिको यस आक्रमणको फाइदा उठाउन अन्य शत्रु शक्तिहरूलाई रोक्न’ प्रयासहरूबारे छलफल गर्नेछन् । इरानले हमासलाई समर्थन गर्दछ र यो कुरा दक्षिणी लेबनानबाट सञ्चालित लडाकू समूह हिजबुल्लाहको हमासलाई सहयोग गर्ने प्रतिबद्धताबाट स्पष्ट हुन्छ ।

बाइडेनले स्थानीय समय अनुसार अपराह्न १ बजे ह्वाइट हाउसबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

इजरायलमा ७५ वर्षको इतिहासकै सबैभन्दा खराब आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९०० नाघेको छ भने गाजाका अधिकारीहरूले इजरायली हवाई आक्रमणमा ७६५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । हमासले आफ्नो आक्रमणपछि करिब १५० जनालाई बन्धक बनाएको छ, यसमा बालबालिका, वृद्धवृद्धा र युवाहरू रहेका छन् । उनीहरूलाई एक सङ्गीत महोत्सवमा पक्राउ गरिएको थियो जहाँ करिब २७० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस