२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैँमा मासु कति खाने, कसरी खाने, के छ डाक्टरको सुझाव ?

अ+ अ-

काठमाडौँ । दशैँमा विशेष गरी मिठो परिकारहरू बनाएर खाने प्रचलन छ । दशैँमा अन्य परिकारहरूसँगै मासु खाने गरिन्छ । कतिपयले दसैँलाई मासु खाने पर्वका रूपमा पनि लिन्छन् । एकै पटक धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा कस्तो समस्या निम्त्याउन सक्दछ ।

हामीले दशैँमा मासु कति खानु पर्छ, कसरी खानु पर्छ, मासु खाँदा ध्यान दिनुपर्ने कुराहरू के छन् लगायतका विषयमा निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक एवम् वरिष्ठ पेट रोग विशेषज्ञ प्रा.डा. विधाननिधि पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश । 

दसैंमा खानपिनमा कतिको ध्यान दिन जरुरी छ ?

मानिसको शरीरको बनावट आ-आफ्नै किसिमको हुन्छ । शरीरको लागि खाना महत्त्वपूर्ण छ । खाना भएन भने हामी बाच्न पनि सक्दैनौँ । दशैँमा अत्याधिक मात्रामा खानपिन हुने गर्दछ । यो समयमा खानाको मात्रा कसरी मिलाउने भन्ने कुरा महत्त्वपूर्ण छ । अझ दशैँमा बढी खाइने मासुको मात्रा मिलाएर खानु अति आवश्यक छ । 

नेपालीहरूले मासु धेरै मन पराउने गर्दछन् । चाडपर्व भनेपछि माछा मासु खाने प्रचलन बढी छ । मिठाइ र मादक पर्दाथ खाने गर्दछन् । आफ्नो शरीरलाई आवश्यक खाना मात्र खानु पर्छ बढी खाना खानु हुँदैन । 

चाँडबाँड भनेपछि मासुका परिकारले नै धेरै स्थान लिने गरेको देखिन्छ, दसैँमा अझ बढी मात्रामा मासुको प्रयोग हुने गरेको छ, मासु कति खाने, कसरी खाने ?

हाम्रो शरीरलाई प्रोटिन आवश्यक पर्दछ । मासुमा प्रोटिन हुन्छ । हामीले खाने मासुमा १४ देखि २० प्रतिशत प्रोटिनको मात्रा हुन्छ । 

उदाहरणको लागि एक किलोको मानिसको शरीरलाई एक ग्रामको हिसाबले प्रोटिन चाहिन्छ । ५० किलोको मान्छे छ भने उसलाई एक दिनमा २५० ग्राम भन्दा बढी मासु चाहिँदैन । 

दशैँको समयमा हामीले यो भन्दा बढी मासु खाएका हुन्छौँ । बढी खाएको मासु हाम्रो शरीरलाई काम लाग्दैन । किन कि शरीरमा प्रोटिन स्टोर हुँदैन । प्रोटिन हाम्रो शरीरले गुडागुडीबाट पनि प्राप्त गर्दछ ।

बिरामीले मासु खाँदा ध्यान दिनुपर्छ ? मासुबाट रोग सर्छ ?     

मासुमा बोसो हुने गर्दछ । बोसोले स्वास्थ्यलाई फाइँदा गर्दैन । उमेर ढल्किँदै गएपछि खानेकुरा पचाउन समस्या हुने गर्दछ । उमेर ढल्केपछि मासु खाँदा ध्यान दिनु पर्दछ । 

मासुका कारण कसैलाई कब्जियत हुन्छ । कसैलाई पखाला लाग्छ । मुटुका रोगी, उच्च रक्तचाप भएका बिरामी, कोलेस्टोर भएका बिरामीलाई पनि मासुले असर गर्ने गर्दछ । उनीहरूले रातो मासु खानु हुँदैन । मधुमेहका बिरामीले पनि रातो मासु खानु हुँदैन ।

हामीले कस्तो मासु खान्छौ भन्ने कुराले पनि हाम्रो स्वास्थ्यमा असर गर्दछ । पसलबाट किनेर ल्याएको मासु स्वस्थ छ-छैन भन्ने बारेमा पनि हामीले ख्याल गर्नु पर्दछ ? खसी/बोकालाई खाद्य प्रयोगशालाले जाँचेर स्वस्थ भनेको छ/छैन भनेर भनेको छ/छैन । अर्कोतर्फ वधशालाको सरसफाइ पनि महत्त्वपूर्ण हुन्छ । मासु खाने व्यक्तिले यी विषयमा ध्यान दिनु पर्दछ ।

मासुको स्टोर कसरी भएको छ । स्टोर राम्रोसँग भएन भने पनि स्वास्थ्यमा समस्या आउन सक्छ । मासुको रङ्ग पनि ख्याल गर्नु पर्छ । मासु रातो खालको हुनुपर्छ  निलो भएको, गन्ध आएको छ भने यो खानका लागि स्वास्थ्यकर मानिँदैन । मासु राम्रोसँग पकाएर खानु पर्दछ । यदि मासु काँचै भयो भने अपच हुने गर्दछ । पाकेको मासु पनि धेरै समयसम्म स्टोर गर्नु हुँदैन ।

मासु किन्दादेखि स्टोर गरेर खाँदासम्म ध्यान पुर्‍याउनु पर्दछ ।

ब्याक्टेरिया भएको मासुले फुड प्वाइजनिङ गराउँद छ । जसले ज्वरो आउने, पखाला लाग्ने, पेट दुख्ने, वान्ता हुने, ग्यास्टीक गराउने हुन्छ । आन्द्रा सुन्निने समस्या पनि हुन सक्छ ।

मासुसँग के खाने ?      

मासु खाँदा सागसब्जी र फलफूल बढी खानु पर्दछ । मासुसँग पालुङो र रायोको साग राम्रो मानिन्छ । घिरौँला, काक्रो, सिमी, बोडी, बन्दा, ब्रोकाउली मासुसँग खानु पनि राम्रो मानिन्छ ।  

एन्टिअक्सिडेन्ट भएका खानेकुराले मासुमा हुने विषाक्त पर्दाथ काट्नका लागि मद्दत गर्दछ । मासुमा भन्दा पनि मासुसँगै एन्टिअक्सिडेन्ट भएका खानेकुरामा जोड दिनु पर्दछ । 

तपाईँको सुझाव के रहन्छ ?

चाडपर्वमा रमाइलो गर्ने खानपिन गर्ने स्वभाविक हो । तर, खानपिनका क्रममा ध्यान पुर्‍याउनु आवश्यक छ । मासुसँगै सागसब्जी र फलफूल पनि प्रशस्त खाने गर्नु पर्दछ । 

स्वस्थ मासु खाने । मासु किन्दादेखि खाँदासम्म ध्यान पुर्‍याउने । शरीरलाई आवश्यक मासु खाने, अनावश्यक रूपमा धेरै नखाने ।

मेरो शरीरको बनावट कस्तो छ ? मलाई कति क्यालोरी चाहिन्छ र मैले कति मासु खानु हुन्छ भन्ने कुरामा विशेष ध्यान पुर्‍याउनु पर्दछ । रोगी र धेरै तौल भएका व्यक्तिले मासु खाँदा मात्रा अड्कलेर खानु पर्दछ । 

चाडपर्वमा खानपिनसँगै स्वास्थ्यको पनि ख्याल गर्नु जरुरी छ ।