काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चाडपर्वको अवसरमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन् ।
एमालेले भोलि दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको छ ।
फेसबुकमा आफू र २ कप चियाको तस्बिर राखेर उनले लेखेका छन्, ‘भोलि दिउँसो च्यासलमा सबैलाई निम्तो ।’
भोलि दिउँसो साढे १२ बजे पार्टी कार्यालय च्यासलमा एमालेले चियापान कार्यक्रम राखेको छ । कार्यक्रममा सबै राजनीतिक दलसहित उच्च पदस्थका व्यक्तिहरूलाई आमन्त्रण गरिएको जनाइएको छ ।