१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक एकता बलियो बनाउनुपर्छ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै जाति तथा समुदायका भाषा, साहित्य तथा संस्कृतिको संरक्षणबाट समाजिक एकतालाई बलियो बनाउन सकिने बताएका छन् ।

नेपाल संवत् ११४४ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविध कला, मौलिक संस्कृति तथा चाडपर्वले सांस्कृतिकरूपमा एकापसमा जोड्ने फरक भौगोलिक क्षेत्रका नेपालीलाई एकताबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् ।

तत्कालीन समाजमा शङ्खधर साख्वाले जनताको ऋणमोचन गरी सञ्चालन गरेको संवत्ले राष्ट्रको सांस्कृतिक पहिचान कायम गरेको बताउँदै सन्देशमा उनले यसलाई प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले राष्ट्रिय उत्पादन वृद्धि गर्न रोजगारका अवसर सिर्जना गरी सामाजिक रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्ने सन्देशमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस