११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरका कारागारमा योग शिविर चलाउँदै गृह मन्त्रालय

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले देशभरका कारागारमा योग शिविर सञ्चालन गर्ने भएको छ । योग शिविर ललितपुरको नख्खु कारागारबाट सुरु हुने छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नख्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठको सचिवालयले पठाएको प्रेस नोटमा लेखिएको छ, ‘एक महिना भित्रै नख्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने छ ।’

गृह मन्त्रालयका अनुसार नेपालमा केन्द्रीय कारागारसहित ७४ वटा कारागारहरू छन् । ती सबै कारागारहरूमा नेपाल विपश्यना केन्द्रको व्यवस्थापनमा शिविर सञ्चालन हुने छ । धर्मसेवक सुशील शाहका अनुसार एक पटकमा ६०/७० जनाले योग्याभ्यास गर्नेछन् । पटक-पटक शिविर सञ्चालन गरी सबैलाई योगाभ्यास गराइने छ ।

यसअघि नख्खु, भिमफेदी, परासी र बिराटनगर कारागारमा पहिलो चरणको योग शिविर सम्पन्न भैसकेको मन्त्रालयले जनाएको छ ।

यसअघि गृह मन्त्रालयले अधिकृतदेखि माथिका कर्मचारीहरूलाई ध्यान विज्ञान कार्यक्रम सञ्चालन गरेको थियो । लगत्तै सबै महाशाखाहरूलाई परिपत्र गरेर बिहान १०ः१५ बजेभन्दा अगाडि अनिवार्य १५ मिनेट योगाभ्यासरध्यान गर्न मन्त्रालयले भनेको थियो । यसो गर्दा कर्मचारीहरूको कार्यक्षमता बढ्ने मन्त्रालयको विश्वास छ ।

कारागारमा योग शिविर सञ्चालन गर्ने निर्णय गर्नुअघि मङ्गलवार गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठसहित गृह सचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह रानाको बैठक बसेको थियो । सोही बैठकले देशभरका कारागारमा योग शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठको अभियानअन्तर्गत योग शिविर सञ्चालन हुन लागेको प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस