काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।
बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका प्रस्ताव तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ।
पछिल्लो समय विकसित राजनीतिक तथा प्रशासनिक घटनाक्रमका विषयमा पनि बैठकमा छलफल हुने र त्यससँग सम्बन्धित केही निर्णयसमेत हुन सक्ने प्रशासन डटकमलाई सिंहदरबारस्थित विशेष स्रोतले जानकारी दिएको छ।




