काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्युबाका राष्ट्रपति मिगेल डायाज-कनेलबीच भेटवार्ता भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन युएई पुगेका नेपालका प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपतिबीच भेटवार्ता भएको हो ।
भेटमा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।