काठमाडौँ । मध्यपहाडी सङ्कल्प यात्राका क्रममा ओखलढुङ्गाका दुई माओवादी नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मङ्गलवार कोशी प्रदेश प्रवेश गरेको एमालेको सङ्कल्प यात्राको क्रममा ओखलढुङ्गाको हर्कपुरमा आयोजित जनसभाबाट उनीहरू पार्टी प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेमा लिखु गाउँपालिका-२ का वडाध्यक्ष उम्मेदवार युवा नेता शिवराम खड्का र अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सुरेश खड्का छन् । उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।







