२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुटपिट गरी बिजुलीको पोलमा बाँधिएकी महिलाको प्रहरीद्वारा उद्धार

अ+ अ-

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ४ मा बिजुलीको पोलमा बाँधिएकी महिलाको प्रहरीले उद्धार गरेको छ । कुटपिट गरी पोलमा बाँधेको अवस्थामा फेला परेकी शारदा थापालाई प्रहरीले उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार बेहोस अवस्थामा फेला परेकी उनलाई उपचारका लागि सिन्धुली अस्पताल पुर्‍याइएको छ । अस्पताल पुर्‍याएपछि उनको चेत खुलेको र अहिले उपचार भइरहेको सिलवालले बताए ।

ऋणको विषयमा थापालाई गाउँलेले कुटपिट गरेको स्रोतले बतायो । घर अगाडी रहेको बिजुलीको पोलमा बाँधेर थापामाथि आफन्तैबाट कुटपिट भएको हो । कमलामाई नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष महेन्द्र प्रसाद ढकालले आइतबार बिहान आफूसँगको भेटमा ऋण तिर्ने सहमति भएको जानकारी दिए । उनले भने, पछिल्लो कुटपिटको घटनाबारे मलाई विस्तृत जानकारी भएन । बिहान अदालतमा रहेको मुद्दा फिर्ता लिने र ऋण तिर्दै जाने सहमति भएको थियो । बेलुका के भयो त्यो बुझ्नै पर्छ ।’
कुटपिटबाट बेहोस भएकी थापालाई राति उपचारका लागि सिन्धुली अस्पताल पुर्‍याइएको थियो । अस्पतालका अनुसार उनको हड्डी टुटफुट भएको छैन, तर मासुमा चोट देखिएको छ । बेहोस भएका कारण उनको सिटिस्क्यान गरेर हेर्नु पर्ने अस्पतालले जनाएको छ ।

घटनापछि प्रहरीले अनुसन्धानका लागि थापाका श्रीमान सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरी उपरीक्षक सिलवालले भने, ‘महिलालाई पोलमा बानेको अवस्थामा रेस्क्यु गरेको हो । कसले गर्‍यो ? किन गर्‍यो ? यो अनुसन्धानकै क्रममा छ । शङ्कास्पद केही मान्छेलाई नियन्त्रणमा लिएका छौँ । श्रीमान् पनि नियन्त्रणमा छ । अनुसन्धान गर्न बाँकी छ ।’

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले गम्भीर विषय भएकाले प्रहरीले घटनाबारे अनुसन्धान गरी रहेको जानकारी दिए । उनले भने, ‘यो केसलाई सिरियस्ली हेर्दिनु पर्यो भनेर एसपी साबलाई भनेको छु ।’ थापा दम्पती बिच विवाद भएर सम्बन्ध विच्छेदको लागि सिन्धुली जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।