२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेरामक्स खरिद सम्बन्धमा छलफल गर्न लेखा समितिले डाक्यो बैठक

अ+ अ-

काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले टेरामक्स खरिद सम्बन्धमा छलफल गर्न बैठक बोलाएको छ । 

समितिको बैठक बुधवारका लागि डाकिएको हो । बैठकमा छलफलका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलाई बोलाइएको समितिले जनाएको छ । 

यसअघि असोज २६ मा बसेको समितिको बैठकमा टेरामक्स प्रविधिको खरिद र दूरसञ्चार कम्पनीहरूको लगातार घट्दै गइरहेको आम्दानी सम्बन्धमा नायव महालेखापरीक्षक, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशकसँग छलफल भएको थियो । 

टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भन्दै समितिले प्रविधि खरिद प्रक्रियाको प्रारम्भदेखि अहिलेसम्म भएका कागजात एवं निर्णयको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

यसै गरी समितिले नेपालमा रहेका दूरसञ्चार सेवा प्रदायकहरू (इन्टरनेट सेवा प्रदायक समेत)ले राज्यलाई तिर्न बाँकी कुनै पनि प्रकारको राजस्व ३ महिनाभित्र अनिवार्यरुपमा कानुन बमोजिम असुल उपर गर्न, गराउन सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

टेरामक्स प्रणाली खरिदको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । फोन कल विवरण, म्यासेज, इन्टरनेट डेटालगायत नागरिकको गोप्य विवरणमा पहुँच राख्ने विवादास्पद टेरामक्स प्रणाली खरिद गर्ने दूरसञ्चार प्राधिकरणको निर्णयमाथि भ्रष्टाचार भएको आशङ्कामा अख्तियारले अनुसन्धान गरिरहेको हो । 

सरकारका मन्त्री तथा उच्चअधिकारीहरु समेत संलग्न रहेको आशङ्कामा अख्तियारले उनीहरू माथि पनि  अनुसन्धान गरिरहेको छ ।