२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशमाथि पुलिस क्लबको उत्कृष्ट जित

अ+ अ-

काठमाडौँ । सुजन थपलियाको शतकका बावजुद कोशी प्रदेशमाथि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट हात पारेको छ। जारी प्रतियोगितामा यो पुलिसको लगातार दोस्रो जित हो भने कोशी लगातार तीन खेलमा पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पुलिसले कोशीमाथि ७ विकेटको जित निकालेको हो। कोशीले दिएको १६७ रनको लक्ष्य पुलिसले ३ विकेटको क्षतिमा २३.१ ओभरमै पूरा गर्‍यो। पुलिसका लागि अर्जुन साउदले नटआउट ६२ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३८ रन जोडे। कुशल भुर्तेल १२, सुनील धमला १६ रन र दिलीप नाथ ३१ रन बनाएर आउट भएका थिए।

बलिङमा कोशीका कमल खत्रीले २ विकेट लिए। त्यसअघि कोशीका लागि सुजन थपलियाले शतक प्रहार गरे। थपलियाले १०५ रन प्रहार गरेका हुन्। उनले १२६ बल खेल्दा ६ चौका र ८ छक्का प्रहार गरे। उनले राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो शतक प्रहार गरेका हुन्।

प्रधानमन्त्री कपमा यो चौथो शतक हो। यसअघि लगातार तीन दिन शतक प्रहार भएको थियो। पहिलो दिन नेपाल पुलिस क्लबका रशिद खान, दोस्रो दिन नेपाल एपिएफ क्लबका सन्दीप जोरा र तेस्रो दिन त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले शतक प्रहार गरेका थिए। ‍

थपलियाले शतक प्रहार गरे पनि टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४८.२ ओभरमा १६६ रनमै अलआउट भयो।थपलियाबाहेक अंकित सुवेदीले १० रन र अभ्यान्स तिमिल्सिनाले २३ रन जोडे। कोशीका अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा नेपाल पुलिस क्लबका करण केसीले ३ विकेट लिए। उनले ९.२ ओभरमा २८ रन खर्चिए। ललित राजवंशी र सुनिल धमलाले २–२ विकेट लिए। रशिद खान, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट हात पारे।