९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजलको श्रव्यदृश्य सार्वजनिक

अ+ अ-

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजलको श्रव्यदृश्य सार्वजनिक गरिएको छ ।  

मैतीदेवीमा रहेको देवकोटा सङ्ग्रहालयमा आज आयोजित कार्यक्रममा प्रा डा कृष्णहरि बरालले उक्त गजलको श्रव्यदृश्य सार्वजनिक गरे । महाकावि देवकोटाको नाटक ‘सावित्री सत्यवान’ मा रहेको ‘आकाशमा शशी छन्’ गजललाई गायक सन्तोष श्रेष्ठको स्वरमा बजारमा ल्याइएको हो ।

प्रा. डा. बरालले आफूले विद्यावारिधि गर्ने क्रममा फेला पारेको देवकोटाको उक्त गजल श्रेष्ठले रेकर्ड गरेर सार्वजनिक गरेकामा खुसी व्यक्त गर्नुभयो ।  अरबदेखि भारत हुँदै नेपाल छिरेको गजलले नयाँ बाटो बनाउँदै गएको उल्लेख गर्दै उनले महाकवि देवकोटाको कृतिबारे चर्चा गरे ।

समालोचक घनेन्द्र ओझाले गजलमाथि टिप्पणी गर्दै महाकवि देवकोटाले गजल भनेर रचना नगरे पनि उक्त रचना गजलको संरचनामा रहेको बताए । झण्डै एक सय वर्षअघि लेखिएको देवकोटाको गजल पूर्णतः शास्त्रीय संरचनामा रहेको उल्लेख गर्दै उहाँले महाकविको गजल रेकर्ड भएर आउनु समग्र गजल प्रेमीका लागि खुसीको कुरा भएको बताए । 

महाकवि देवकोटाका छोरा प्रा. डा. पद्मप्रसाद देवकोटाले आफ्ना पिताको सृजनालाई सङ्गीतबद्ध र स्वरबद्ध गरेर बाहिर ल्याएकामा खुसी व्यक्त गरे । कार्यक्रममा महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालको समेत उपस्थिति थियो । हेम प्रभास अधिकारीको निर्देशन तथा वीरेन्द्र भाट ‘विपिन’को छायाङ्कन र सम्पादन गरेको श्रव्यदृश्यमा श्रेष्ठ स्वयंले अभिनय गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस