काठमाडौँ । मोरङमा शनिबार भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
रंगेली नगरपालिका-३ रञ्जनीमा को १ त ८५७८ नम्बरको ट्याक्टरले माटो ओसार्ने क्रममा कामदार बिसन्दु मियाँलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी लेटाङ-२ मा को २७ प ३७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक लेटाङ-३ का २४ वर्षीय राजन राईको मृत्यु भएको छ ।
सिकिस्त घाइते भएका उनको उपचारको क्रममा विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।