१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधानमाथि लिखित सुझाव दिन स्थायी समिति बैठकमा ‘प्रचण्ड’को निर्देशन 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको शुक्रबारदेखि सुरु स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधानमाथि लिखित सुझाव दिन निर्देशन दिएपछि छलफल सैद्धान्तिक र नीतिगत मात्रै भएको छ ।

फागुन पहिलो सातादेखि सुरु हुने पार्टीको पहिलो विधान सम्मेलनको तयारीका लागि बसेको स्थायी कमिटी बैठकमा प्रस्तावित मस्यौदामा छलफल गर्ने भनिए पनि अध्यक्ष ‘प्रचण्ड’को निर्देशनपछि बैठकमा सैद्धान्तिक छलफल बढी भएको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले पेस गरेको ९ बुँदे पूरक प्रस्तावमाथि कुनै छलफल नभएको सापकोटाले जानकारी दिए ।

यस्तै हाल जिल्लालाई माओवादी केन्द्रले संयोजन समिति भनिरहेको, तर राज्यले जिल्ला भनेकाले त्यसमा पुनर्विचार गर्ने बारे पनि कुरा भएको छ । पार्टी कमिटी भद्दा भएको भन्दै बैठकमा केन्द्रीय कमिटी १५१ सदस्यीय बनाउने बारेमा पनि छलफल सुरु भएको छ ।

बैठकमा शुक्रबार विधान मस्यौदा समितिकी संयोजक पार्टी उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवहरू गणेश साह र राम कार्कीले कुरा राखे । यस्तै स्थायी समिति सदस्य शशी श्रेष्ठले पनि विधान मस्यौदामाथि सैद्धान्तिक धारणा राखिन् ।

यो बैठकले आइतबार र सोमबार बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने सापकोटाले जानकारी दिए । केन्द्रीय समितिको बैठकले फागुन १ गतदेखि सुरु हुने पार्टीको विधान सम्मेलनको एजेन्डा तय गर्नेछ । उक्त विधान सम्मेलनले पार्टीको विधानलाई पूर्णता दिनेछ ।

प्रतिक्रिया दिनुहोस