काठमाडौँ । काठमाडौँमा चामलको बोराभित्र लुकाएर लागुऔषध ल्याइने गरेको पाइएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थानकोटमा गाडी जाँच गर्दा चामलको बोराभित्र लुकाएर ल्याइएको अवस्थामा फर्मास्युटिकल्स ड्रग्स बरामद गरेको हो ।
ब्युरोका अनुसार चामल बोराभित्र डाइजेपाम ८४२, बुप्रोनोर्फिन ६८५ र फेनारगन ९५१ एम्पुल तथा नाइट्रोभेट ३ हजार ३०८ ट्याब्लेट बरामद भएको छ ।
प्रहरीले उक्त लागुऔषध ल्याउने सप्तरीका ४७ वर्षीय रामलोचन मुखिया र काठमाडौँमा बिक्री वितरण गर्ने गरेको आरोपमा सप्तरीकै ४७ वर्षीय कमल अधिकारीलाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







